ठोरी गाउँपालिकाको चौधौं अधिबेशन, २०८२

ठोरी गाउँपालिकाको चौधौं अधिबेशन आज सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ ज्अयूको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साकी सदस्य शुशिला बिक रहनु भएको थियो ।

चौधौं अधिवेशन कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो। साथै कार्यपालिका सदस्य फुलमाया दर्जी, वडा अध्यक्षहरु अमृत कृष्ण सापकोटा, अष्ट बहादुर लोप्चन, उपाध्यक्ष गोकुली कुमारी रेग्मी तथा गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।

सर्वसम्मत रुपमा पारित गाउँपालिकाको चौधौं अधिवेशनमा सम्पुर्ण गाउँ कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष:

//