ठोरी गाउँपालिकाको वस्तुस्थिति विवरण

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ५
जनसंख्या: १७,२१९
क्षेत्रफल: १२८.६७ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: ठोरी, निर्मलबस्ती र सुवर्णपुर गा.वि.स.

वडा न. घर धुरी   जनसङख्या  
    जम्मा पुरुष महिला
१ ६६८ २३८९ १११७ १२७२
२ ७८९ ३३०३ १५३० १७७३
३ ९२५ ३५२३ १६६४ १८५९
४ १२९२ ५०४८ २३३८ २७१०
५ ७७८ २९५६ १४३० १५२६
जम्मा ४४५२ १७२१९ ८०७९ ९१४०

ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टीकोणले परिचित पर्सा जिल्ला भित्रका १४  वटा स्थानीय तह मध्य] ठोरी  गाउँपालिका नेपाल सरकारको मिति २०७३.११।२७  गतेको स्थानिय तह घोषणावाट साविक ठोरी ,निर्मलबस्ति  ,सुबर्णपुर् र  महादेवपट्टि  र सेढवा गा.वि.स लाई  समेटेर सुबर्णपुर गाउँपालिका  गठन भएको थियो  । पछि मन्त्रीपरिषदको निर्णय अनुसार साविक ठोरी , निर्मलबस्ति  र सुबर्णपुर् गा.वि.स. समेटेर ठोरी  गाउँपालिका घोषणा भएको हो  । ठोरी  गाउँपालिका मा ५  वटा वडा कायम भई गाउँपालिकाको केन्द्र सुवर्णपुर, पर्सामा रहेको छ ।

यस ठोरी  गाउँपालिकाको पूर्वमा जिरा भवानी गाउँपालिका, पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज , उत्तरमा  पर्सा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज दक्षिणमा भारतको सिमाना रहेकोछ । राष्‍ट्रिय जनजणना २०७८ को अनुसार गाउँपालिकाको जनसंख्या १७,२१९ - सत्र हाजर दुई सय उन्नाइस  रहेको छ । जम्मा क्षेत्रफल १२८.६७  वर्ग कि.मी. रहेको यस गाउँपालिकामा धार्मिक,साँस्कृतिक ऐतिहासिक तथा पर्यटकिय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण राष्ट्रिय निकुञ्ज एवं मठ मन्दिर, पार्क आदी  रहेका छन  । गाउँपालिकाको घोषणा भए पश्चात एकातिर गा.वि.स.को सोचबाट स्थनीय सरकारको अस्तित्व वोध गर्न र गराउन  निर्वाचित जन प्रतिनिधी क्रियशील भएको अवस्थामा आवस्यक कर्मचारीको अभाव, भएका जनसक्तिमा पनि दक्षताको कमि, संघिय तथा प्रदेश सरकार बाट पाउनु पर्ने कानुनी निर्देशन प्राप्त हुन नसकिदाको अवस्था र समुदायको अशिमित चाहना एम उक्त चाहना परिपूर्ति गर्न गाउँ पालिका संग पर्य्प्ता श्रोत साधनको अभावमा समस्या झेली रहेको अवस्थाका बीच यस दोस्रो गाउँ सभामा आइपुगेका छौ |

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
//